दार्चुला – दार्चुलामा भिरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ।

जिल्लाको नौगाड गाउँपालिका–१ थाङलिङ निवासी ८० वर्षीया सौली ठेकरे आइतबार थाङलिङबाट सल्लागाउँ जाने क्रममा सोही क्षेत्रको भिरबाट लडेर ज्यान गुमाएकी हुन्।

प्रहरीका अनुसार उनी करिब २०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


















