खाेज्नुहाेस

रानीसैनमा अस्थायी ‘बिओपी’ र चौकी स्थापना

Image

बाजुरा – हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र चौकी बस्ने भएको छ ।

हिमाली गाउँपालिका–३ को रानीसैन लाम्पाटामा जेठ ३ गते हुम्लाका स्थानीयले वडा सदस्य पेमागारा गुरुङसहित कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएर राखेको र रानीसैन लाम्पाटाका स्थानीयलाई हुम्ला खार्पुनाथ गाउँपालिकाका स्थानीयले कुटपिट गरेको घटना जेठ ५ गते बाहिरिएपछि उक्त क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रूपमा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी बस्ने भएको हो ।

attariya hospital
navjiwan hospital

गहृ मन्त्रालय सचिवस्तरको एक साताअघि भएको बैठकको निर्णयअनुसार रानीसैनको लाम्पाटामा ‘बिओपी’ र अस्थायी प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

रानीसैनमा जेठ ३ गते भएको घटनाको विषयमा उक्त क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि गृह सचिवस्तरको बैठकको निर्णयानुसार अस्थायी रूपमा ‘बिओपी’र प्रहरी चौकी बस्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

लाम्पाटामा अस्थायी रूपमा सशस्त्र प्रहरी बलका जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली हिमाली गाउँपालिकाको पठाइएको छ ।