खाेज्नुहाेस

कैलाली–कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया –  कैलाली र कञ्चनपुरमा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

navjiwan hospital

कैलालीमा जिल्ला अदालत कैलालीको फैसलाअनुसार लेनदेन साँवा–ब्याज भराई पाऊँ मुद्दामा १ वर्ष कैद सजाय तोकिएका कैलारी गाउँपालिका–४ भितरिया निवासी ४४ वर्षीय खुसीराम चौधरीलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

attariya hospital

त्यसैगरी, कञ्चनपुरमा जिल्ला अदालत कञ्चनपुरको २०८२ फागुन २७ गतेको फैसलाअनुसार बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–५ झिलमिला निवासी ३५ वर्षीय अमरसिंह रानालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।