खाेज्नुहाेस

बेलौरीका ६२ दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

Image

बेलौरी – बेलौरी नगरपालिकाले नगरभरिका ६२ दलित विद्यार्थीलाई नगद छात्रवृत्ति वितरण गरेको छ । विहिवार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस ०८३ को अवसरमा नगरभरिका ६२ दलित विद्यार्थीलाई नगद छात्रवृत्ति वितरण गरेको हो ।

navjiwan hospital

दलित समुदायका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यका साथ अध्ययनका लागि छात्रवृत्ति वितरण गरिएको बेलौरी नगरका प्रवक्ता हर्कबहादुर भुलले बताए ।

attariya hospital

उनका अनुसार नगरस्तरीय दलित छात्रवृत्ति कार्यक्रमअर्न्तगत प्राविधिक तथा साधारणतर्फ अध्ययन गर्ने विद्यार्थीलाई ५ विद्यालय मार्फत छात्रवृत्ति वितरण गरिएको छ ।

प्राविधिकतर्फका दुई विद्यार्थीलाई १५ हजारका दरले ३० हजार, विभिन्न संकायमा उच्च शिक्षातर्फ १० जनालाई १० हजारका दरले एक लाख र प्लस टु अध्ययनरत ४८ विद्यार्थीलाई चार हजारका दरले एक लाख ९२ गरेर तीन लाख २२ हजार छात्रवृत्ति वितरण गरिएको छ ।