
अत्तरिया – कञ्चनपुर प्रहरीले अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । बुधबार जवरजस्ती करणी मुद्दामा दोषी ठहर भई १८ वर्ष कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्कालाई पनि पक्राउ गरिएको प्रहरी निरिक्षक विरेन्द्र सिंह थापाले बताए । उनलाई लागूऔषध (खैरोहेरोइन) सम्बन्धी मुद्दामा दोषी ठहर भइ अदालतले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।




















