बाजुरा – बाजुरामा एक युवकको हत्या गरिएको छ । बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३२ वर्षीय निर रावतको बुधबार राति हत्या गरिएको हो ।

राती आपसी विवादका क्रममा स्थानीय १९ वर्षीय टेकेन्द्र रावतले प्रहार गरेको ढुङ्गा लागेर निरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

टेकेन्द्रलाई इलाका प्रहरी कार्यालय बुढीनन्दाको टोलीले राति नै पक्राउ गरेको छ । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।



















