धनगढी – सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका रामचन्द्र नेपाल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले उनलाई कुलपतिमा नियुक्त गरेका हुन्।

यस्तै, प्रतिष्ठानको उपकुलपतिमा कञ्चनपुरकी सरस्वती दाहाल र सदस्य सचिवमा कैलालीका सुरत रावत नियुक्त भएका छन्।

प्रतिष्ठानका सदस्यमा डोटीकी कृष्णा सिराडी र बझाङका विष्णुभक्त खैर नियुक्त भएका छन्। सिफारिस समितिको निर्णयका आधारमा मुख्यमन्त्री शाहले उक्त नियुक्ति गरेका हुन्।
यसअघि प्रतिष्ठानका २२ जना प्रज्ञा सभा सदस्य नियुक्त भइसकेका छन्।



















