खाेज्नुहाेस

बेलौरीबाट लागूऔषधसहित दुई जना पक्राउ

Image

अत्तरिया – कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई ३ ग्राम ६६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–३ खैरीघाट बस्ने १८ वर्षीय एक किशोरसहित दुई जना रहेका छन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनीहरूको साथबाट उक्त लागूऔषध बरामद गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।