बाजुरा – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । बडीमालिका नगरपालिका २ भौनेरामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मार्तडी गौमुल पक्की सडकखण्ड अन्तर्गत भौनेरा क्षेत्रमा गुडिरहेको से २ त ३६४८ नम्बरको ट्याक्टरको ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका स्थायी घर भएका २२ वर्षीय दीपेन्द्र चौधरी घाइते भएका छन् । उनको ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते चौधरीको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

















