खाेज्नुहाेस

बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण 

Image

बेलौरी – बेलडाँडीका कृषकहरूलाई उन्नत जातको आलुको बीउ सहित कृषि यान्त्रिकीकरण सामग्री हस्तान्तरण गरिएको छ।

आइतबार कृषि ज्ञान केन्द्र कञ्चनपुरको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको स्थानीय तह विशेष पकेट क्षेत्र विस्तार (आलु) कार्यक्रम मार्फत बेलडाडी गाउँपालिका २ का कृषकहरूलाईआवश्यक कृषि उपकरण तथा उन्नत बीउ उपलब्ध गरिएको हो  ।

attariya hospital
navjiwan hospital

आलु खेती व्यावसायिक, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र कञ्चनपुर र सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागत साझेदारीमा कार्यक्रम संचालन गरिएको थियो ।

यहिकार्यक्रम अन्तर्गत कृषकहरूलाई आलुको उन्नत बीउ सहित कृषि उपकरण वितरण गरिएको सहकारी सस्थाका कार्यालय प्रमुख सरद पाण्डेयले बताए । उनका अनुसार किसानहरुलाई आलुको उन्नत बीउ, १४ थान साना सिँचाइ सेट, ५ थान पावर टिलर, ४ थान मिनी टिलर, ३ थान रोटाभेटर तथा २५ थान स्प्रे ट्याङ्की वितरण गरिएको 

कृषकहरुलाई वितरण गरिको सामग्रीले खेतीको लागत घटाउने, श्रम बचत गर्ने तथा उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।