खाेज्नुहाेस

कैलालीका स्थानीय तहको कुल बेरुजु ४ अर्ब ६७ करोड

Image

अत्तरिया – कैलालीका स्थानीय तहको कुल बेरुजु ४ अर्ब ६७ करोड ०३ लाख ३३ हजार १३९ रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८३ मा आर्थिक वर्ष २०८१/०८२ सम्म सो बेरुजु देखिएको हो ।

कैलालीमा सबैभन्दा धेरै बेरुजु घोडाघोडी नगरपालिकाको पुगेको छ । घोडाघोडीमा कुल बेरुजु ६२ करोड ४ लाख ४० हजार ६८७ पुगेको छ । २०८०/०८१ मा ५२ करोड ७१ लाख ७० हजार १५५ बेरुजु रहेकोमा २०८१/०८२ मा ४९ लाख ७७ हजार ९३९ बेरुजु फस्र्यौट भएको छ भने ९ करोड ८२ लाख ४८ हजार ४७१ बेरुजु थपिएको छ ।

attariya hospital

लम्कीचुहा नगरपालिकाको कुल बेरुजु ६१ करोड ३ लाख ११ हजार १४२ पुगेको छ । २०८०/०८१ लम्कीचुहामा कुल बेरुजु ५२ करोड ६४ लाख २९ हजार ७२२ रहेकोमा २०८१/०८२ मा २० हजार ३१२ रुपैयाँ मात्रै बेरुजु फस्र्यौट हुँदा ८ करोड ३९ लाख १ हजार ७३२ रुपैयाँ बेरुजु थपिएको छ ।

गोदावरी नगरपालिकाको बेरुजु कुल बेरुजु ५८ करोड २१ लाख ३९ हजार ८९७ पुगेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड ८३ लाख ५९ हजार २८२ बेरुजु थपिएको छ । आर्थिक वर्ष २०८०/०८१ कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ रहेको थियो । यो वर्ष पनि नगरपालिकाले प्रतिक्रियाबाट आएको बेरुजु फछ्र्यौट गरे पनि अद्यावधिक बेरुजु भने फछ्र्यौट गरेको छैन ।

भजनी नगरपालिकाको बेरुजु ४२ करोड ६७ लाख १४ हजार २२० पुगेको छ । २०८०/०८१ मा भजनीको कुल बेरुजु ३७ करोड ३९ लाख ६१ हजार ८१५ रहेकोमा २०८१/०८२ मा ७२ हजार १८७ फस्र्यौट हुँदा ५ करोड २८ लाख २४ हजार ५९२ रुपैयाँ बेरुजु थपिएको छ ।

धनगढी उपमहानगरपालिकाको कुल बेरुजु ३९ करोड ७१ लाख ६२ हजार ३०६ पुगेको छ । २०८०/०८१ मा धनगढीको कुल बेरुजु ३० करोड ६८ लाख ५७ हजार ६४९ रहेकोमा २०८१/०८२ मा ४० लाख ८१ हजार ४०५ फस्र्यौट हुँदा ९ करोड ४३ लाख ८६ हजार ६२ रुपैयाँ बेरुजु थपिएको छ ।

navjiwan hospital

टीकापुर नगरपालिकाको कुल बेरुजु ३९ करोड ४२ लाख ८२ हजार ६४९ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा टीकापुरको कुल बेरुजु ३४ करोड ५१ लाख ५० हजार २२१ रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ५६ हजार मात्रै बेरुजु फस्र्यौट भएको छ भने सो अवधिमा ४ करोड ९१ लाख ८८ हजार ४२८ बेरुजु थपिएको छ ।

मोहन्याल गाउँपालिकाको बेरुजु ३६ करोड ३१ लाख ९० हजार ११५ पुगेको छ । २०८०/०८१ मा मोहन्यालको बेरुजु २७ करोड ९३ लाख १३ हजार ६५२ रहेकोमा २०८१/०८२ मा बेरुजु फस्र्यौट नहुँदा ६ करोड ३८ लाख ७६ हजार ४६३ रुपैयाँ बेरुजु थपिएको छ ।

गौरीगंगा नगरपालिकाको बेरुजु ३३ करोड ७५ लाख ३९५ पुगेको छ । २०८०/०८१ मा गौरीगंगाको कुल बेरुजु ३३ करोड ३६ लाख तीन हजार ५३८ रहेकोमा २०८१/०८२ मा ८९ लाख बेरुजु फस्र्यौट हुँदा १ करोड २७ लाख ९६ हजार ८५७ रुपैयाँ बेरुजु थपिएको छ ।

जानकी गाउँपालिकाको बेरुजु २२ करोड ६२ लाख ३५ हजार ५०३ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ मा जानकीको कुल बेरुजु २१ करोड ३० लाख ५५ हजार ५६३ रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा अद्यावधिक बेरुजु फस्र्यौट भएको छैन भने १ करोड ३१ लाख ७९ हजार ९४० रुपैयाँ बेरुजु थपिएको छ ।

बर्दगोरिया गाउँपालिकाको बेरुजु २० करोड ६३ लाख ८३ हजार ९९२ पुगेको छ । २०८०/०८१ मा बर्दगोरियाको कुल बेरुजु १८ करोड ४२ लाख ५० हजार २८२ रहेकोमा २०८१/०८२ मा ४ लाख २ हजार बेरुजु फस्र्यौट हुँदा २ करोड २५ लाख ३५ हजार ७१० रुपैयाँ बेरुजु थपिएको छ ।

चुरे गाउँपालिकाको बेरुजु १८ करोड ८० लाख ४९ हजार २१२ पुगेको छ । २०८०/८१ मा चुरेको कुल बेरुजु १६ करोड ७१ लाख चार हजार ९३० रहेकोमा २०८१/०८२ मा बेरुजु फस्र्यौट भएको छैन भने २ करोड ९ लाख ४४ हजार २८२ बेरुजु थपिएको छ ।

कैलारी गाउँपालिकाको २०८०/०८१ मा १८ करोड ३ लाख २४ हजार ५७९ बेरुजु रहेको थियो । यहाँको २०८१/०८२ को प्रतिवेदन भने सार्वजनिक गरिएको छैन ।

जोशीपुर गाउँपालिकाको कुल बेरुजु १३ करोड ७५ लाख ९८ हजार ४४२ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ मा जोशीपुरको कुल बेरुजु १२ करोड ९७ लाख २३ हजार ४७५ रहेकोमा २०८१/०८२ मा पुरानो बेरुजु फस्र्यौट भएको छैन भने नयाँ बेरुजु ७८ लाख ७४ हजार ९६७ थपिएको छ ।