खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

Image

कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–४ बसपार्क तथा वडा नम्बर ११ गड्डाचौकी क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ९५ हजार रुपैयाँ बराबरका सुटपिस, डिस्पोजल पेपर ग्लास, ब्याण्ड बाजाका सामान तथा किराना सामग्री बरामद गरिएको हो ।

attariya hospital

विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।