बाजुरा – बाजुराको बडिमालिका नगरपालिका–६ आडेकोर्ध जंगल क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।

विहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जंगलको बीचमा रहेको जीर्ण छानोभित्र खरमुनि लुकाईछिपाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
















