खाेज्नुहाेस

कञ्चनपुरमा लागूऔषध सहित तीन जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जिरो पोइन्टबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

navjiwan hospital

बुधबार दिउँसो १ ग्राम ८८० मिलिग्राम खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थसहित भीमदत्त नगरपालिका–७ हल्दुखालका २७ वर्षीय मनोज बहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षीया हिमा सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital

इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२–००४ प ७७५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।