खाेज्नुहाेस

भन्सार छलिका सामान नियन्त्रणमा

Image
file photo

अत्तरिया  – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक तथा वडा नम्बर ७ कालिका चोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ८१ हजार ९ सय ९० रुपैयाँ बराबरका चिनी, सिरप, सुटपिस, पानी तान्ने मोटर, फिल्टर लगायतका सामान बरामद गरिएको हो ।

attariya hospital

मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी तथा बेलौरी नगरपालिका–२ टेडुवा क्षेत्रबाट अन्दाजी ५ लाख ७७ हजार १ सय ५० रुपैयाँ बराबरका विभिन्न किसिमका कपडा, बोइलर कुखुरा, किराना सामान तथा कुखुरा ढुवानीमा प्रयोग भएका ४ थान मोटरसाइकल लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।