खाेज्नुहाेस

कैलाली–कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – कैलाली र कञ्चनपुरबाट प्रहरीले विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना तोकिएका बेदकोट नगरपालिका–१ हात्तिथला बस्ने २४ वर्षीय मुकेश बोहरा रहेका छन् ।

attariya hospital
navjiwan hospital

त्यसैगरी, अभद्र व्यवहार मुद्दामा १ महिना कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बेलडाँडी गाउँपालिका–२ बस्ने ३८ वर्षीय अम्मरबहादुर शाही पनि पक्राउ परेका छन् ।

यता जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकिएका मोहन्याल गाउँपालिका–२ बस्ने २५ वर्षीय प्रेम देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडसहितको टोलीले मंगलबार उनलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।