खाेज्नुहाेस

दैजी–बेलडाँडी सडकमा बाघ मोटरसाइकलतर्फ झम्टिँदा दुर्घटना, ४ जना घाइते

Image
फाईल फोटो

बेलौरी – कञ्चनपुरमा बाघको आक्रमणबाट जोगिन खोज्दा मोटरसाइकल दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
मङ्गलवार राति दैजी–बेलडाँडी हुलाकी सडकखण्ड अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र बाघ मोटरसाइकलतर्फ झम्टिन आएपछि दुर्घटना भएको हो ।

navjiwan hospital

दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०१–००९ प ७६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बेलौरी नगरपालिका–९ रतनपुरका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती २४ वर्षीया कल्पना ठगुन्ना, छोरा २ वर्षीय रियान्स ठगुन्ना तथा भान्जी भीमदत्त नगरपालिका–१५ निवासी १४ वर्षीया आस्मी शाह घाइते भएको प्रहरीले जनाएको छ ।

attariya hospital

ईलाका प्रहरी कार्यालय बेलडाँडी का अनुसार घाइते सबैको हात, खुट्टा र अनुहारमा चोट लागेको छ । घाइतेमध्ये ३ जनाको अवस्था सामान्य रहेको र आस्मी शाह अचेत अवस्थामा रहेको जनाइएको छ ।

घाइते सबैको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ । प्रहरीले अचानक बाघ मोटरसाइकलतर्फ झम्टिन आएपछि चालकले बच्ने प्रयास गर्दा दुर्घटना भएको जनाएको छ ।