बैतडी – बैतडीमा प्रहरीले अश्लील तस्बिर सार्वजनिक गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पञ्चेश्वर गाउँपालिकाकी एक महिलाको अश्लील तस्बिर र भिडियो सार्वजनिक गरेको आरोपमा एक जना महिला र एक पुरुष पक्राउ परेका हुन ।

पञ्चेश्वर–५ गिरेगडाका अन्दाजी २२ वर्षीय सुनिल चन्द र एकजना महिलालाई पक्राउ गरी अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पञ्चेश्वरकै एक महिलाले आफ्नो अश्लील तस्बिर र भिडीयो यी दुई जनाले एकआपसमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्रहत्या गरेको भन्दै इलाका प्रहरी मेलौलीमा निवेदन परेको थियो ।
इलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरी नायब निरीक्षक दिपेन्द्र चन्दको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।


















