कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ठेक्का प्रक्रियामार्फत तीन लाख लागतमा आवश्यक उपकरण खरिद गरेर यो सेवा सुरु गरेको हो ।

नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक धामीले चिस्यान यन्त्रको सहयोगले शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिने बताए ।

नगर प्रवक्ता लालबहादुर ऐरले नगरपालिकाले आवश्यक परेका परिवारको घरदैलोमै नगर प्रहरीमार्फत यो यन्त्र पुर्याउने व्यवस्थासमेत मिलाएको बताए ।
यसैबिच, नगरपालिकाले आगामी असार मसान्तभित्रै शव वाहन सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

















