खाेज्नुहाेस

गोदावरी– १२ चाँप स्थित ग्वासी समैजी विद्यालयको नवनिर्मित भवन उद्घाटन

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १२ चाँपमा रहेको ग्वासी समैजी आधारभुत विद्यालयको नवनिर्मित २ कोठे पक्कि भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तथा विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटाले भवनको उद्घाटन गरेकी हुन ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै देवकोटाले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताईन । उनले विद्यालयको नव निर्मित भवनले विद्यार्थीहरुको शैक्षिक सिकाईको गुणस्तरमा सहयोग पुग्ने अपेक्षा लिएको बताईन । उनले आफ्नो कार्यकालमा आफूले हालेका योजनाहरु सकभर समयमै सम्पन्न होउन भन्ने चाहना आफ्नो हुने बताईन । ‘हाम्रो कार्यकालको अवधी अब थोरै छ, यो अवधीसम्ममा आफूले हालेका योजनाहरु सम्पन्न होउनु भन्ने चाहना पनि छ’ उनले भनिन् ‘नत्र भोली अधुरो रहेका योजनाहरु अर्काले मतलब नगर्ने पनि हुन सक्छ र त्यसो भएपछि त्यो योजनामा हालिएको बजेट खेर जान्छ ।’

attariya hospital
navjiwan hospital

उनले चाप सल्लीमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाहरु पुग्नुपर्छ भनेर अझै पनि आफूले निरन्तर रुपमा आवाज उठाउदै आएको बताईन । उनका अनुसार सडकको उचित व्यवस्थापन नभएका कारण विकट क्षेत्रका महिला तथा बालबालिकाहरु दुख खेप्नुपरेको छ । स्वास्थ्य, शिक्षा र खानेपानी अनिवार्य रुपमा हरेक नागरिकले पाउनुपर्ने संविधानले अधिकार दिएको बताउदै संविधानले दिएको अधिकार सबैले पाउनुपर्ने बताईन । उनले आफूले अझै पनि विद्यालयको स्तरोन्नतीका लागि र व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा बोल्दै गोादावरी नगरपालिका– १२ का वडाध्यक्ष भीम बहादुर खड्काले विद्यालयको व्यवस्थापनका लागि धेरै कुराहरु गरेको भएपनि अझै धेरै गर्न बाँकी रहेको बताए । उनले २ कोठे पक्कि भवनले विद्यालयमा अध्ययनरत गर्ने बालबालिकाहरुलाई धेरै राहत हुने बताए । उनले विद्यालयमा अझै भौतिक संरचनाहरुको अभाव रहेको बताउदै आगामी वर्षमा पनि प्रदेश सरकारका तर्फबाट विद्यालयमा बजेट विनियोजन गरिदिन आग्रह गरे । विद्यालयमा भौतिक पुर्वाधारका साथसाथै विद्यालयमा खानेपानी र खेलकुद मैदानको पनि अभाव रहेको उनको भनाई छ । उनले आफू चाँप, सल्ली र नायलको विकासका लागि आफू निर्वाचित भएदेखी नै विशेष प्राथमिकता दिएर काम गर्दै आएको बताए ।

प्रदेश सभा सदस्य तुलसी देवकोटाले सांसद विकास कोषबाट सो विद्यालयमा भवन निर्माणका लागि २५लाख रुपैया बजेट विनियोजन गरेकी थिईन । २०८२ चैतबाट निर्माण सुरु भएको सो भवन शुक्रबार उद्घाटन गरिएको हो ।