खाेज्नुहाेस

कञ्चनपुरको दक्षिणी सीमामा तस्करको जालो भत्काउँदै सशस्त्र प्रहरी, लाखौका अवैध समान बरामद

Image

बेलौरी – कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा भारतबाट अवैध रुपमा तस्करी गरि ल्याइएका लाखौका समानहरु सशस्त्र प्रहरीले बरामद गरेको छ । दक्षिणी सीमा क्षेत्र अन्तर्गतका पुर्नवास, बेलौरी र बेलडाडीका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले लाखौका अबैध समान बरामद गरेको हो ।

बुधबार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. बेलौरीका डिएसपी योग्य बस्नेतको कमाण्डमा रहेको मोबाइल गस्ती टोलीले बेलौरी नगरपालिका ६ नकैया सीमा इलाकाबाट २ लाख ८ हजार मूल्य बराबरका किराना, प्लास्टिक, सुर्तीजन्य पदार्थ बरामद गरेको छ । नेपाली नम्बर प्लेटको मोटरसाइकल सहित बेवारिसे अवस्था फेला परेको सामाग्रीहरु बरामद गरि कैलाली भन्सार कार्यालय धनगढी पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

attariya hospital

त्यस्तै मंगलबार जेठ ५ गते बेलडाडी गाउपालिका ३ बाट ७ हजार २ सय मूल्य बराबरको ७२ लिटर पेय पदार्थ डिउ बरामद गरि सशस्त्र प्रहरी बिओपी झिलमिलाले स्थानीय, जनप्रतिनिधिको रोहवरमा नष्ट गरेको छ ।

त्यस्तै जेठ ५ गते नै पुर्नवास नगरपालिका ९ ‘घ’ गाउँबाट १ लाख ५० हजार मूल्य बराबरको किराना, सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बिओपी आपतालको गस्ती टोलीले से ३ प ६६३४ नम्बरको मोटरसाइकल सहित बरामदी समान कैलाली भन्सार कार्यालय पठाएको छ ।

navjiwan hospital

त्यस्तै जेठ ४ गते बेलौरी नगरपालिका ८ दिपाघाटबाट सशस्त्र प्रहरी बिओपी पचुईको गस्ती टोलीले ६ हजार मुल्य बराबरको माछा बरामद गरि स्थानीय, जनप्रतिनिधिको रोहबरमा नष्ट गरेको थियो ।

त्यस्तै सोही दिन जेठ ४ गते बेलौरी नगरपालिका १ फटैयाबाट ५३ हजार १ सय मुल्य बराबरको इलेक्ट्रोनिक र सुर्तीजन्य पदार्थ, पुर्नवास नगरपालिका ८ कंकड सीमा क्षेत्रबाट ६ हजार ५ सय मुल्य बराबरको कुरकुरे सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

सोही दिन नै बेलौरी नगरपालिका २ बैजुडाडाबाट सशस्त्र प्रहरी बिओपी थापाचोकबाट खटिएको सशस्त्र प्रहरीले टोलीले २६ हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
त्यस्तै जेठ ३ गते पुर्नवास नगरपालिका ९ क गाउँ र लालझाडी गाउँपालिका १ राजघाटबाट सशस्त्र प्रहरी बिओपी दोधाको गस्ती टोलीले २ लाख ९० हजार बढिका भन्सार छली गरि ल्याईएको सरसमान बरामद गरेको थियो । बरामद गरेका सबै समान कैलाली भन्सार कार्यालय धनगढी पठाइएको छ ।

सरकारले राजस्व चुहावट नियन्त्रण गर्न र स्वदेशी बजारलाई प्रवद्र्धन गर्न भन्सार नाकाहरूमा कडाइ गरेपछी सिमा क्षेत्रमा तस्करी बढिरहेको छ । भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका घरायसी वा अन्य सामान ल्याउँदा पनि अनिवार्य भन्सार कर तिर्नुपर्ने नियम लागू गरिएको सिमा क्षेत्रका विभिन्न सिमा क्षेत्रबाट तस्करी बढेको छ ।

सीसमामा तस्करी बढिरहेको बेला सशस्त्र प्रहरीले पुर्नवास देखि बेलडाडीका विभिन्न ठाउँमा निगरानी बढाएको छ ।कञ्चनपुरको दक्षिणी सिमा क्षेत्रमा सशस्त्र प्रहरीको बाक्लो उपस्तिथि रहेको छ । भारतसङ्ग खुला सिमा जोडिएको ३ पालिकामा सशस्त्र प्रहरीको १ गुल्म ,१० बिओपी र १ एफओबी रहेको छ ।