धनगढी – कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’को सुरु हुँदै छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा उक्त कार्यक्रम हुन लागेको हो ।

आइतबारसम्म हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने अध्यक्ष शाहीको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका लागि आयोजना हुने कार्यक्रमले प्रदेशको समृद्धि र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

















