खाेज्नुहाेस

विद्युत प्राधिकरणका कञ्चनपुर वितरण प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Image
navjiwan hospital

कञ्चनपुर – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका वितरण प्रमुख महेन्द्रकुमार दासले चार्जिङ स्तेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने भन्दै ग्राहकसँग घुस लिएको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले १ लाख ४० हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । ‘‘चार्जिङ स्टेशनका सञ्चालनका लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस रकमको बार्गेनिङ गरी नदिएमा लाइन काटिदिने धम्की दिई १ लाख ४० हजार लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ ।

attariya hospital