खाेज्नुहाेस

गोदावरी नगरप्रमुखको गाडी दुर्घटनाबारे निष्पक्ष अनुसन्धान गर्न रास्वपाको माग

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटनाको घटनाबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८३ साल असोज २६ गते राति नगर प्रमुख भट्ट स्वयंले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा दुर्घटनामा परेको उल्लेख गरेको छ ।

attariya hospital
navjiwan hospital

विज्ञप्तिमा दुर्घटनाको समयमा मापसे सेवन गरी सरकारी गाडीको दुरुपयोग गरिएको भन्ने विषय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएकाले घटनाको यथेष्ट अनुसन्धान आवश्यक रहेको जनाइएको छ ।

रास्वपाले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न तथा कानुन विपरीत कार्य भएको पाइए सम्बन्धित व्यक्तिमाथि कारबाही गर्न नेपाल सरकारका सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
गोदावरी नगर समितिका सभापति दीपक ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरवासीलाई सत्य सूचना उपलब्ध गराउन समेत माग गरिएको छ ।