खाेज्नुहाेस

बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना

Image

बैतडी –  बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । मेलौली नगरपालिका–१ मेलौलीमा स्थापना गरिएको कार्यालयको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले उद्घाटन गरे ।

navjiwan hospital

उद्घाटनका क्रममा मेलौली नगरपालिका–७ का दीपक अवस्थीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको हो । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका तथा पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

attariya hospital

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले स्थानीय नागरिकलाई छिटो, सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए । उनले अब सामान्य प्रशासनिक कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे ।

स्थानीयवासी करन सिंह नेगीले नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सामान्य कामका लागि समेत सदरमुकाम धाउनुपर्ने समस्या अब हट्ने बताए । इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।