बेलौरी – कञ्चनपुरको बेलौरीमा रहेको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक अफिसमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । बेलौरी नगरपालिका – ९ रतनपुरमा रहेको त्रिभुवन माविका प्रधानाध्यापक हरिस ओझा अफिसमा सुतेको फोटो भाइरल भएको हो ।
सार्वजनिक तस्बिरमा प्रधानाध्यापक ओझा सोफामा सुतेका छन् । सोफामा सुतेको फोटो सार्वजनिक भए पनि अहिले विभिन्न टिका टिप्पणी गर्न थालिएको छ ।


सार्वजनिक तस्बिर बारे प्रधानाध्यापक ओझाले भने आफू प्रेसर हाईको समस्याले नियमित औषधि सेवन गरिरहेको बताए । विद्यालयकै कामको समयमा स्वास्थ्यमा समस्या आएपछि केही समय आराम गरेको उनको भनाई छ ।
‘म १२ कक्षाको परीक्षामा खटिएको छु,११ बजेसम्म परीक्षामै हुन्छु’ उनले भने ‘विद्यालयमा विद्यार्थी भर्ना भइरहेकोले म ४ बजेसम्म विद्यालयमै हुन्छु, त्यो दिन पनि परीक्षा सकाएर अफिसमा सरहरू सँगै हुँदा छाती दुखेजस्तो भएपछि आराम गरेको हु,त्यसै बेला फोटो खिचियो ।’
स्वास्थ्यका कारण ओभर टाइम विद्यालयकै काम गर्दा एक छिन आराम गरेको बेला लुकेर मेरो तस्बिर खिचेर सञ्जालमा अपलोड गरी आफ्नो बदनाम गरिएको ओझाले बताएका छन् । उनले यसबारे प्रहरीमा उजुरी दिने पनि बताए ।


















