खाेज्नुहाेस

बेलडाँडीकी उपाध्यक्ष शान्ति नाथ हिरासत मुक्त, अनुसन्धान भने जारी

Image

बैतडी – कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हिरासत मुक्त भएकी छन् । नाथलाई बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हिरासतबाट रिहा गरेको हो ।

अनुसन्धानका क्रममा हिरासतमा राखिरहनु आवश्यक नदेखिएपछि नाथलाई छोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार मिसिल संलग्न कागजात र बयानबाट दोषी नदेखिएकाले नाथलाई हिरासतमा राखिराख्नु आवश्यक नरहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरको पत्रको आधारमा छाडिएको हो ।

गत वैशाख ३ गते हरिकिसन रानाको हत्या गरिएको भन्दै उनकी श्रीमती फिर्या रानाले उपाध्यक्ष नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएकी थिइन् ।

२०८२ वैशाख ९ गते बिहान बेलौरी नगरपालिका–१० शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिक हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनापछि विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गरे पनि घटनाको वास्तविकता खुल्न नसकेको जनाएको छ ।

घटनाको एक वर्षपछि फिर्या रानाले दिएको जाहेरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपाध्यक्ष नाथलाई पक्राउ गरिएको थियो । हरिकिसन रानाको मृत्यु प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।