अत्तरिया – कञ्चनपुरबाट प्रहरीले वनभित्र काटेर लुकाईको अवस्थामा काठ बरामद गरेको छ । दोधारा चाँदनी नगरपालिका – ६ भैरव जनकल्याण सामुदायिक वनभित्र काटेर लुकाई राखेको अवस्थामा सगुन जातको गोलिया थान– ६ (७० क्युफिट) काम बरामद गरिएको हो ।

अन्दाजी ७७ हजार बराबरको उक्त काठ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

काठ आवश्यक प्रक्रिया पुरा गरि सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालय मझगाँउको जिम्मा लगाएको प्रहरीको भनाइ छ ।
















