खाेज्नुहाेस

एमाले सुदूरपश्चिम संसदीय दलमा विवाद

Image
file photo

धनगढी –  नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको नेताका विषयमा बढ्दै गएको विवादबारे छलफल गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभा सदस्यहरुलाई काठमाडौं बोलाएका छन् । ओलीको बोलाहटमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलसहितका सबै (११ जना) प्रदेश सभा सदस्य काठमाडौं पुगेका छन् । उनीहरुलाई प्रदेश संसदीय दलमा देखिएको विवादबारे छलफल गर्न बुधबार गुण्डु बोलाइएको छ ।

navjiwan hospital

एक प्रदेश सभा सदस्यकाअनुसार बुधबार बिहान ११ बजे छलफलका लागि बोलाइएको भनिए पनि अहिलेसम्म समय निश्चित भइसकेको छैन । ‘अध्यक्ष कमरेडसँग छलफल गर्न ११ बजे गुण्डु पुग्ने भन्ने कुरा आएको छ । तर, समय निश्चित नभएकोले केही तलमाथि हुनसक्छ’, ती सांसदले भने ।

attariya hospital

पूर्वमुख्यमन्त्री समेत रहेका प्रदेश संसदीय दलका नेता रावलको कार्यशैलीप्रती प्रश्न उठाउदै दल नेता फेर्नुपर्ने आवाज एमाले सुदूरपश्चिमभित्र उहिलेदेखि चल्दै आएको थियो ।