धनगढी – कैलाली र कञ्चनपुरबाट लागूऔषध सहित ७ जना पक्राउ परेका छन ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ भगतचोक नजिकबाट ३ ग्राम ३६० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार दिउँसो पक्राउ परेका छ्न । पक्राउ पर्नेमा धनगढी–८ बस्ने ४० वर्षीय राजाराम चौधरी र धनगढी–९ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन् ।

त्यस्तै, टिकापुर नगरपालिका–७ खैरीपुरबाट २ ग्राम ८०० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार साँझ पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा टिकापुर–२ बिजयनगर बस्ने ३२ वर्षीय श्यामबहादुर चौधरी र जानकी गाउँपालिका–३ लायकपुरका २५ वर्षीय भानु गिरी रहेका छन् ।
उता कञ्चनपुरको बेलौरी नगरपालिका–६ खैरेनाबाट १ ग्राम ६२० मिलिग्राम पदार्थसहित २२ वर्षीय शिवकुमार राना पक्राउ परेका छन् । उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो ।
यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिला शक्तिफारमबाट ५ ग्राम ८१० मिलिग्राम पदार्थसहित २ जनालाई आइतबार साँझ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २९ वर्षीय रामबहादुर कठायत र ३३ वर्षीय हर्कबहादुर बुढा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले उनीहरू सवार भे १३ प ५३०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो ।


















