खाेज्नुहाेस

बाजुरामा भीरबाट खसेको ढुङ्गा लागेर एक वृद्धको मृत्यु

Image

बाजुरा – बाजुराको बुढिनन्दा नगरपालिका–३, पानीपाटा क्षेत्रमा भीरबाट खसेको ढुङ्गा लागेर एक वृद्धको मृत्यु भएको छ ।

navjiwan hospital

दोगडाबाडा बस्ने ७३ वर्षीय नैन बुढा जंगलमा बाख्रा चराएर घर फर्किने क्रममा अचानक मौसम प्रतिकूल बनेपछि पहाडमा परेको चट्याङका कारण ढुङ्गा खसेर घाइते भएका थिए ।

attariya hospital

ढुङ्गाले टाउकोमा गम्भीर चोट लागेका उनलाई स्थानीयले तत्काल उद्धार गरी अस्पतालतर्फ लैजाँदै गर्दा आइतबार साँझ बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।