खाेज्नुहाेस

दार्चुलाबाट पशुपन्छी हत्या अभियोगमा २ जना पक्राउ

Image

दार्चुला – दार्चुलामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महाकाली नगरपालिका वडा–१ को लास्कुखोलाबाट तेज लुहार र लोकेन्द्र भुललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम शाहीले उनीहरूलाई पशुपन्छी हत्यासम्बन्धी अभियोगमा पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

attariya hospital

उनकाअनुसार महाकाली नगरपालिका–४ कि एक महिलाको गाई हराएको थियो । दुवै जनाले लास्कुखोलामा मासु काटिरहेको अवस्थामा फेला पारेपछि सोही गाई काटेको हुनसक्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

यद्दपी उनीहरुले काटिरहेको पशु गाई हो वा होइन खुलेको छैन । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।