अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित लागू औषध सहित एकै दिन ६ जनालाई पक्राउ गरेको छ । शनिवार बेलौरी नगरपालिका – १० सडक घाट बाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका – ३ का २४ वर्षीय विजय गिरी, पुनर्वास नगरपालिका –७ का २१ वर्षीय अमन तामाङ र चितवन भरतपुर महानगरपालिका – १४ शिबनगरका २४ वर्षीय रोहन बिक रहेका छन् ।

विजय गिरीले चलाएको सुपप्र ०१ – ०१३ प२६८१ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि बसेका अमन र रोहनको साथबाट २ ग्राम १९० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन र ट्रमाडोल क्याप्सुल ५ पिस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित तिनै जनालाई पक्राउ गरेको छ ।

यसैबिच पुनर्वास नगरपालिका – ५ पैसठ्ठी बिघामा स्थानीय २० वर्षीय रोहन तामाङले चलाएको प्रदेश ३–०९२ प १११ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार स्थानीय २२ वर्षीय वीरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
शनिवार बेलुकी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरेको जनाइएको छ ।
यस्तै कृष्णपुर नगरपालिका –९ राजघाटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८ मिलिग्राम सहित स्थानीय ३१ वर्षीय अनिल रानालाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

















