धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि भारत गएका छ । आज बिहान धनगढीबाट मुख्यमन्त्री शाह स्थलमार्ग हुँदै भारतको राजधानी दिल्ली हिडेका हुन ।

शाह लामोसमयदेखि दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्याबाट ग्रस्त छन् । गत मंसिरमा पनि नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा दुई साता उपचार गराएर मुख्यमन्त्री शाह स्वदेश फर्किएका थिए ।

त्यसअघि मुख्यमन्त्री शाहले धनगढीस्थित सेती प्रादेशिक अस्पताल र काठमाडौंको विर तथा मेडिसिटीमा अस्पताल उपचार गराएका थिए ।













