कञ्चनपुर – कञ्चनपुरबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका – ३ तिलकपुरबाट लागूऔषध ब्राउनसुगर ५४० मिलिग्रामसहित स्थानीय ४४ वर्षीय रमेश दमाई पक्राउ परेका हुन्।
दमाईलाई आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।