कञ्चनपुर – कञ्चनपुरमा चोरीको आरोपमा तीन जना पक्राउ परेका छन् । चैत २२ गते राति भीमदत्त नगरपालिका–४, महेन्द्रनगरस्थित मदनचोकमा रहेका दुई वटा पसलमा चोरी भएको घटना संलग्नको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रहरीका अनुसार दीपकबहादुर ठकुराठीले सञ्चालन गरेको ‘फ्यामस चाउमिन सेन्टर’को सटरको ताला तोडी गल्लामा राखिएको नगद ३६ हजार रुपैयाँ चोरी गरिएको थियो ।

त्यसैगरी ललिता जोशीले सञ्चालन गरेको ‘रोशनी सु–सेन्टर’बाट पनि सटर फोडी नगद ३० हजार रुपैयाँ चोरी गरिएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
















