खाेज्नुहाेस

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५ जना घाइते

Image

कञ्चनपुर– कञ्चनपुर कारागारमा झडप हुँदा ५ जना घाईते भएका छन । बुधबार दिउँसो कारागारमा कैदीबन्दीहरु बिच झडप हुँदा ५ जना घाईते भएका हुन ।

navjiwan hospital

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । झडप गर्ने दुवै पक्षका कैदीबन्दी घाईते भएको उनले बताए ।

attariya hospital

घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।