खाेज्नुहाेस

बेलौरी सीमामा भारतबाट लाही तस्करी, सशस्त्रले बेवारिसे अवस्था भेटायो ४० क्विन्टल

Image

बेलौरी – कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल ल्याईएको ४० क्विन्टल लाही (तोरी) बरामद गरेको छ । 

मङ्गलबार दिउँसो बेलौरी नगरपालिका १ फटियाबाट सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बेलौरीका सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको टोलिले ४० क्विन्टल तोरी बरामद गरेको हो ।  

attariya hospital
navjiwan hospital

सशस्त्र प्रहरीका अनुसार तोरी फटैया स्थित सिमा ईलाकामा अवैध रुपमा नेपाल भित्र्याइ वेवारिसे अवस्थामा फेला परेको थियो । 

६ लाख रुपैयाँ बराबरको तोरी बरामद गरी आवश्यक कार्वाहीको लागी कैलाली भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ । 

पछिल्लो समय बेलौरी सिमा नाकामा भारतबाट गहुँ तोरी अवैध रुपमा नेपाल भित्रीने क्रम बढ्दो छ ।  सोही अनुसार सिमामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।