धनगढी – सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई नियुक्त गरिएको छ ।

नौ महिना देखि रिक्त रहेको उक्त मन्त्रालयमा सोमबार नेपाली कांग्रेसका संसदीय दलको निर्णय अनुसार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई नियुक्त गरेका हुन ।

मन्त्रीमा नियुक्त भएका भट्टलाई सोमबार नै प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेपछि यो मन्त्रालय रिक्त रहेको थियो । असारदेखि मन्त्रीविहीन रहेको उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैसँग राखेका थिए ।


















