खाेज्नुहाेस

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुँवर निर्विरोध

Image

धनगढी – नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन् । महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका हुन् ।

navjiwan hospital

निर्वाचन समितिका अनुसार उपाध्यक्ष (उद्योग र वाणिज्य) मा मदन राज पन्त, कोषाध्यक्षमा प्रेम बहादुर भण्डारी तथा जिल्ला र नगरतर्फका सदस्यहरूमा विष्णु राज जोशी, कृष्ण बहादुर तामाङ, कृष्ण कुमारी बिष्ट, खेमेश्वर प्रसाद बोहरा र मदन राज न्यौपाने समेत निर्विरोध चयन भएका छन् । त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बम बहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

attariya hospital

प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको सशक्त भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ ।

उद्योग, व्यापार तथा लगानी प्रवद्र्धन, व्यवसायीका समस्या समाधान र प्रदेशको आर्थिक गतिविधि विस्तारमा उनले प्राथमिकता दिने विश्वास गरिएको छ । निर्वाचन अधिकृत खगेन्द्र राज जोशीका अनुसार तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् ।