खाेज्नुहाेस

सुदूरपश्चिममा २-टन क्षमताको ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक

Image

धनगढी – महिन्द्राले सुदूरपश्चिमको धनगढीमा २-टन भार क्षमताको नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले सोमबार धनगढी स्थित ठाकुर मोटर्स प्रालि महिन्द्र शोरुममा एक विशेष कार्यक्रममा गाडी सार्वजनिक गरेको हो।

नयाँ पिक-अप ‘HD 1.7 LX’ र ‘HD 2.0L SXi’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। HD 1.7 LX को मूल्य २९ लाख १५ हजार रुपैयाँबाट सुरु हुने भने HD 2.0L SXi को मूल्य ३२ लाख १५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

attariya hospital
navjiwan hospital

कम्पनीका अनुसार, बलियो बनावट, उच्च लोड क्षमता र सहज ड्राइभिङ अनुभवका कारण यो पिक-अप नेपाली बजारका साना कमर्सियल प्रयोगका लागि उपयुक्त हुनेछ। ग्रामीण तथा दुर्गम सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको यस गाडीले कृषि, निर्माण तथा ढुवानी क्षेत्रमा विशेष उपयोगिता दिने विश्वास गरिएको छ।

HD 2.0L भेरियन्टमा १० फिट लामो कार्गो बेड र २-टन क्षमता रहेको छ भने HD 1.7 मा १.७ टन क्षमता र ९ फिट कार्गो विकल्प उपलब्ध छ। दुवै मोडेलमा उन्नत m2Di इन्जिन र मजबुत च्यासिस संरचना प्रयोग गरिएको छ।

महिन्द्राले यस पिक-अपमार्फत नेपाली कमर्सियल सवारी बजारमा आफ्नो पकड अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।