अत्तरिया – कैलालीको टीकापुर र कञ्चनपुरको बेलौरीबाट लागू औषध खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन । टीकापुर नगरपालिका – ९ बालुवाटारबाट लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ९७० मिलिग्राम सहित २ जनालाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर – ५ का २० वर्षीय बिशाल चौधरी र टीकापुर – ४ का १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

यस्तै बेलौरी नगरपालिका – ९ दिपाघाटबाट अवैध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका – ५ गर्जमनीका २४ वर्षीय सन्तोष साउदलाई आईतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
















