खाेज्नुहाेस

पहिरोले बाजुराको रौदीगाड लघु जलविद्युतमा ठूलो क्षति

Image

बाजुरा – बाजुरा गौमुल गाउँपालिका–३ मा पहिरोका कारण लघु जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । शनिवार राति परेको वर्षाले माथिबाट पहिरो गएपछि त्यहाँको रौदीगाड लघु जलविद्युत आयोजनामा क्षति भएको हो । आइतबार बिहान ६ः३० बजे सञ्चालनकै अवस्थामा रहेको पावरहाउस माथिबाट पहिरो खस्दा आयोजनाका विभिन्न मेसिनहरूमा क्षति पुगेको जनाएको छ । उक्त वडाका अध्यक्ष गोरख बोहराका अनुसार राति देखिको बर्षासँगै विद्युत नहरको पाइट फुटेर पहिरो खस्दा लघु जलविद्युत आयोजना पूर्ण रुपमा क्षति भएको छ ।

navjiwan hospital

विद्युत आयोजनाको भवन माथिबाट खसेको पहिरोले छापिएपछि त्यहाँ विद्युत सेवा अवरुद्ध भएको वडा अध्यक्ष बोहराले बताए । पहाडी भू–भागमा भिरालो कमजोर भूगोलका कारण वर्षा परेपछि पहिरोको थप जोखिम उच्च रहेको स्थानीयहरुले बताएका छन् ।

attariya hospital

लघु जलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले पहिरोले भवनसँगै जेनेरेटर, ट्रान्समिटर, मदरबोर्ड, एलसी लगायतका महत्वपूर्ण उपकरणहरूमा क्षति पु¥याएको बताए । उक्त आयोजना वि.सं. २०६९ साल चैत २५ गतेदेखि सञ्चालनमा आएको थियो । ३१.५ किलोवाट क्षमताको उक्त विद्युत आयोजनाबाट वडा नम्बर ३ का २ सय बढी घरधुरी लाभान्वित हुँदै आएका थिए । स्थानीय स्तरमा वैकल्पिक ऊर्जाको कुनै व्यवस्था नभएकाले अहिले त्यहाँका नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत आपूर्ति बन्द हुँदा स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयका दैनिक कामकाज समेत प्रभावित भएका छन् ।

स्थानीयवासीले छिटो पुनःनिर्माण तथा वैकल्पिक ऊर्जा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । अहिले क्षतिको विवरण संकलनका लागि गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीको टोली गएको छ । पहिरोले जलविद्युतमा पूर्ण रुपमा क्षति भएर विद्युत सेवा अवरुद्ध हुँदा समस्या भएको भन्दै मर्मतका लागि पहल भइरहेको वडा अध्यक्ष बोहराले बताए ।