बेलौरी – बेलडाँडी गाउँपालिकामा पालिका स्तरीय आधारभूत तह कक्षा ८ को परीक्षामा आधा भन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
यस वर्षको कक्षा ८ को परिक्षामा ५२.७४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा ४७.२६ प्रतिशत उत्तीर्ण भएका छ्न


गाउँपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिकाका १२ विद्यालयका ४ सय ९३ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरुमध्ये २ सय ३३ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन ।
परीक्षामा ७ सामुदायिक र ५ संस्थागत विद्यार्थी सहभागी भएका थिए ।
M
सामुदायिक विद्यालयमा सबैभन्दा बढी ५४ विद्यार्थी सरस्वती माद्यामिक विद्यालय र सबैभन्दा कम ४ विद्यार्थी गणेश माध्यमिक विद्यालय भुर्साबाट उत्तीर्ण भएका छन् ।
संस्थागत विद्यालयमा सगरमाथा शिक्षा एकेडेमी झरनासागर र बेल्डाँडी ग्लोबल एकेडेमीका सबै विद्यार्थी उत्तीर्ण भएका छन् । सगरमाथाका १० र बेल्डाँडी ग्लोबलका ८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
हेर्नुस नतिजा

















