खाेज्नुहाेस

६ वर्षदेखि अलपत्र परेको चौकीडाँडा–फल्टुडे सडक स्थानीयद्वारा बन्द

Image

अत्तरिया – ६ वर्षदेखि अलपत्र परेको चौकीडाँडा–फल्टुडे सडक धुलाम्मे भएर सास्ती खेप्नु परेको भन्दै स्थानीयद्वारा बन्द गरेका छन् । शनिवार स्थानीयले सडक निर्माण नभएर अलपत्र परेका बेला सडकमा चल्ने सवारी साधनका कारण आउने धुलोले सास्ती खेप्नु परेको बन्दै ठाउँ ठाउँमा रुख, ढुङ्गा राखेर अवरुद्ध पारेका हुन ।

लामो समयदेखि सडक अलपत्र परेको भए पनि कालोपत्रे नभएपछि सडक बन्द गर्नु परेको स्थानीय नन्दकृष्ण जोशीले बताए ।

attariya hospital

चौकीडाँडा–फल्टुडे सडक खण्ड निर्माण कम्पनी एडभेञ्चर थिगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण आफूहरूले सास्ती खेप्नु परिरहेको उनले बताए ।

navjiwan hospital

उक्त सडक २०७६ सालदेखि निर्माण सुरु गरिएको भए पनि अझै सम्पन्न हुन सकेको छैन ।