डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा शनिवार बिहान ईभी (इलेक्ट्रिक सवारी) दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

धनगढीबाट अछाम (चौखुटे) तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०२३९ नम्बरको ईभी दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घाइते हुनेहरूमा पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद, चौरपाटी गाउँपालिका–६ दुनीकी २५ वर्षीया कला साउँद र चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा रहेका छन् ।
घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ ।



















