कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोगको आयोजनामा आज कञ्चनपुरमा जिल्ला समन्वय समिति, स्थानीय तह र विज्ञहरूसँग छलफल गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाको अध्यक्षतामा भएको छलफलमा मस्यौदामाथि समूहगत रूपमा छलफल भएको थियो । छलफलमा कञ्चनपुरका नौ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।

मस्यौदा निर्माणका विज्ञ सदस्य डा हेमराज लामिछानेले प्रदेशको हालको अवस्था, दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
















