धनगढी – कञ्चनपुरबाट २२ वर्ष देखि फरार रहेका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको २०६० चैत १० गतेको फैसलाअनुसार जारि मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५०० रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका–६ निवासी ५२ वर्षीय सुब्बा रानालाई प्रहरीले पक्राउ परेका हुन ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको जनाएको छ।


















