अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्तरोन्नतिका लागि सुदूरपश्चिमका सांसदहरूले संयुक्त आवाज उठाएका छन् ।
मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग गरेको छलफलमा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले गेटामा रहेको विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालन गर्न आवाज उठाएका थिए । जसका लागि २ अरब ६० करोडको बजेट आवश्यक पर्ने भएकाले त्यसको सुनिश्चितताका लागि सुदूरपश्चिमका सबै सांसद एकमत भएको कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाहले पनि तत्काल गर्नुपर्ने काम भएकाले त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएको उनले जानकारी दिए ।


छलफल अघि बालेनले आगामी आर्थिक वर्षमा बजेटको आकारलाई हेरेर तत्कालका समाधान गर्न सकिने कुरा राख्न आग्रह गरेका थिए ।
सोही अनुसार आफूहरूले प्रधानमन्त्री समक्ष कुरा राखेका सांसद कोइरालाले बताए । उनले भने ‘मैले चाही मेरो क्षेत्रमा जेनजी आन्दोलन पछि क्याबिनेटको डिसिजनबाट रोकिएका केही जरुरी परियोजनाहरूलाई फुकुवा गर्न कुरा राखे भने शिविरै शिविर भएको क्षेत्र भएको कारणले शिविरका जनताको स्तरोन्नतिका लागि बास स्थललाई पनि सुधारका लागि आवाज राखे’ उनले भने ‘यस्तै धनगढी दिपायल फास्ट ट्र्याकका सम्बन्धमा, अन्य सडक, नेटवर्कको समस्या लगायतका कुरा समग्रमा राखेका छौ । सुदूरपश्चिममा समग्र समस्याका विषयमा एकरूपता देखिनु नै सुदूरपश्चिमको समृद्धिको सङ्केतको रूपमा लिएका छौ ।’
सम्बन्धीत समाचार : सुदूरपश्चिमका सांसद र प्रधानमन्त्री बालेन बिच छलफल
















