खाेज्नुहाेस

सिलगढीमा जिप सेवा बन्द, नगर बस सञ्चालनमा विवाद

Image

डोटी – दिपायल सिलगढी नगरपालिकाअन्तर्गत दिपायल र सिलगढी क्षेत्रमा चल्ने जिप चालकहरूले आइतबारदेखि सेवा बन्द गरेका छन्। नगर बस सञ्चालनको ढाँचाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विरोधस्वरूप जिप सेवा बन्द गरेका हुन्।

navjiwan hospital

जिप चालक गोविन्द मलासीका अनुसार नगरपालिकाले सञ्चालन गरेको नगर बसले मनोमानी रूपमा दिपायल–सिलगढी क्षेत्रमा मात्र आवतजावत गर्दै आएको छ। यसले गर्दा आफूहरू प्रत्यक्ष रूपमा मर्कामा परेको भन्दै जिप चालकहरूले सेवा बन्द गर्न बाध्य भएको उनले बताए।

attariya hospital

जिप चालकहरूले नगरपालिकाको सडक पुगेका तिखा, राजपुर, कलेना, शान्तिनगर र लडागडा क्षेत्रसम्म पनि नगर बस सञ्चालन गर्नुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार सबै क्षेत्रमा समान रूपमा सेवा सञ्चालन भए मात्र प्रतिस्पर्धा न्यायोचित हुने बताएका छन् ।

शैलेश्वरी यातायात व्यवसायी संघका अध्यक्ष गणेश मलासीले जिप चालकहरूको समस्या समाधानका लागि नगरपालिकासँग समन्वय गर्ने बताएका छन्। जिप सेवा बन्द भएपछि दिपायल–सिलगढी क्षेत्रमा यात्रुहरू आवतजावतमा समस्या भोगिरहेका छन्। स्थानीयले छिटो समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन्।